काठमाडौँ, ४ वैशाख । आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँलेले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





