नेपाली प्राकृतिक सम्पदामा सम्बर्द्वन र संरक्षणको कमी

काठमाडौँ, ४ वैशाख । सचिन्द्र श्रेष्ठ । अहिले नेपाल सांस्कृतिक रहनसहन, सिप, कला संस्कृतिले मात्र हैन प्राकृतिक सम्पदाले पनि बिश्व सामू चिन्हाएको छ । यहि प्राकृतिक सुन्दरतालाई अनुभव वा हेर्न नेपालमा लाखौ बिदेशी तथा आंतरिक पर्यटकहरु आउने क्रम बढ्दो पाइन्छ ।

विदेशी पर्यटकहरू यहाँको प्राकृतिक, सामाजिक, धार्मिक र प्राचीन सांस्कृतिक कला महत्वका साथ सम्पदाहरू अवलोकन गरेर जाने गर्दछन् । यही सम्पदाहरु अहिले नेपालको सबै भन्दा बढ़ी आम्दानीको श्रोत बन्न पुगेको छ । सोहि प्राकृतिक र सांस्कृतिक मुल्य मान्यतालाई जिवन्त राख्न हरेक वर्ष विश्व सम्पदा दिवस नेपालमा धूमधामका साथ मनाउने गरिन्छ ।

हालसम्म नेपालका बिश्व सम्पदा सूचीमा १० वटा सम्पदाहरु पर्न सफल छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन (UNESCO) ले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचिमा समेटेको थियो ।

सन् १९८२ देखि सुरू गरिएको उक्त दिवस हरेक अप्रिल १८ मा मनाउने गरिन्छ । विश्वमै उदाहरणीय र अतुलनीय रूपमा आफ्नै महत्व बोकेका ऐतिहासिक स्थलहरूलाई आगामी पूर्खाहरूका लागि सदा जीवित राख्ने उद्देश्यले यो दिवस मनाउन थालेको हुँदा यसलाई नारा र भाषण मात्र नरहि बहस र कार्यान्वयनकै बिषय बनाउनु पर्ने देखिएको छ । किनकी नेपालमा रहेका कति सम्पदाहरु अहिले भग्नावशेष अवस्था त कतिको दयनीय क्षति रहेको हुँदा उचित मर्मत सम्भारको कमीले अवशेष मेटिने खतरा बढ़ी देखिएको छ ।

यसको मुल कारण बि। स। १९९० र २०७२ सालको बिनासकरी भूकम्प, दैबी प्रकोप साथै राजनितिक आतंरिक युद्धले पनि वर्षो देखिको मर्मत सम्भार नभई जीर्ण हुनु र हराउनु पनि रहेको छ । यी क्षति भएका कारण अबका आगामी पिढी लाई इतिहास बताउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले यसको बेलैमा सम्भार गर्न सक्नु पर्दछ ।

प्राकृतिक सम्पदा अहिले राजधानी उपत्यकामा मात्र खुमचिनु वा त्यहाँको लागी मात्र ठान्नू गलत हुन्छ देशका हरेक क्षेत्रमा उत्तिकै महत्व राख्दछ।जसले विदेशी एबं स्वदेशी पर्यटक भित्र्याउन मद्दत गर्ने र आम्दानीका श्रोतको पहिचान, सिप कलाको विकासमा समेत टेवा पुर्याउने गर्दछ ।

इतिहास साक्षी होला नेपाल अहिले मात्र होइन बिगत देखि नै पुराना सास्कृतिक सम्पदा, चाडपर्ब, कला, प्राकृतिक धरोहरको अलगै नमुना पेश गर्न बिश्व सामू परिचित छ । इतिहासका कालखण्डमा थुप्रै आरोह अबरोह नेपालले पार गरेको छ ।

दैनिक समाचारमा एतिहासिक सम्पदा, मूर्तिहरु चोरी निकासी बिक्री बितरण भएको सुनिन्छ तर अझसम्म कसैको दण्ड सजाय भोगेको पाईदैइन । हामी आफ्ना सम्पदाहरु दिनानुदिन लिलाम भएको टूलुटुलू हेरेर बस्ने गरेका छौ । केहि दिन अगाडि पंक्तिकार दुबईको ठुलो ब्यबसायिक मलमा (गिनीज वर्ल्ड रेकर्ड, बिश्वकै सबै भन्दा ठूलो दुबई सपिंङ मल) जाँदा त्यहाँ अमेरिकाबाट संसारमै लोप भएको डायनासोरको कंकाल लिएर राखेको देखियो । यो त्यहाँ राख्नुको कारण हो पर्यटक प्रबधन र संरक्षण १ जसका कारण दुबईले आर्थिक स्तर माथि उकासेको छ ।

यहाँ यो जोडन खोजीएको हो की हामी नेपालमा भएको सम्पदाको संरक्षण गर्न सकेका छैनौ तर विदेशीहरु आफुसँग नभए पनि बाहिरबाट ल्याएर आफ्नो सम्पदा ठानी मनघ्य आम्दानी गरेका छन । यसबाट पनि सिकन आवश्यक छ या संग्रालयको बिधि अपनाएर पुराना खराब वस्तु जो बहुमूल्य छन् । त्यस्ता चिजको व्यस्थापन गरेर पनि आर्थिक लाभ लिन सकिन्छ ।

नेपालमा रहेका मठमन्दिर अहिले टेकोको भरमा अड़किएको छ । धरहरा बन्ने नबन्ने ठेगान छैन, भएका सम्पदाहरु कुनै गुठीको भर त कोही ब्यक्तिगत स्वार्थमा मागी खाने भाँडो भएको छ । सरकारले यसमा ध्यान दिन सकेको छैन । हामी नयाँ नयाँ गन्तब्य खोजी रहन सकेका हुदैनौं पुराना रितिस्थिति कलालाई ब्यबसायीक बनाउन चाहदैनौं र भएका पनि लोप हुने अवस्थामा छन ।

हो अब पनि हामीले सधै हाम्रा बहु धर्म, सांस्कृतिक चालचलन, पर्व, कला सस्कृति, भेषभुषा, बहुजाति, प्राकृतिक सम्पदालाई उचित सम्भार संरक्षण गर्न सकेनौं भने नेपाल इतिहासमा मात्र उल्लेख हुने र आगामी सन्ततिलाई कथा भन्ने अवस्थामा गुज्रीन बेर लाग्दैन तसर्थ यस दिबसलाई नारा, भाषण मात्र नठानी बहसको बिषय समझेर हाम्रा सम्पदालाई उचित स्याहार र संरक्षण एबं डिजिटल प्रबिधीमा अपडेट गरी अघि बढ्नु आवश्यक छ जसले गर्दा नेपाललाई बिश्व सामू छूटै पहिचान दिलाउन र आर्थिक, सामाजिक स्तरमा धनि बनाउन मद्दत पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले

सिरहा, ७ साउन । सिराहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका-३ बस्ने २२ वर्षीय बिजली महराको

धनुषा, ७ साउन । धनुषामा पाँच किलो गाँजासहित दुई जना पक्राउ परेका छन । मंगलबार बिहान लक्ष्मीनिया गाउँपलिकाबाट ज ९ प

हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्‍किएका छन् । मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय