नेपालले ओमानलाई १५० रनले हरायाे

काठमाडौँ, ३ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।

मंगलबार मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए ।

जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो ।

छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।

२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर