नेपालद्वारा ओमानलाई २३० रनको चुनौति

काठमाडौँ, ३ वैशाख । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा आज नेपालले ओमानलाई २३० रनको चुनौती प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३.२ ओभरमा २२९ रनको स्कोर बनाएको थियो । टिमको स्कोर १२ हुँदा ओपनर पवन सर्राफ व्यक्तिगत ५ रन बनाएर आउट भए । अर्का ओपनर रित गौतम पनि २१ बल खेलेर १० रन मात्रै बनाई आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।

यसैगरी तेस्रो नम्बरमा आएका अभिषेक बस्नेत ४४ बलमा १० रन बनाएर आउट भए भने सन्दिपले ९ बल खेल्दै चार रन बनाएर आउट भए । हरिवहादुर चौहानले २ रनको व्यक्ति स्कोरमा पेभेलियन फर्किए । यसरी नेपालले ८२ रनमा चार विकेट गुमायो ।

रोहितले भिम सार्कीसँग ९३ रनको ठोस साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो । तर, ७५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित आउट भएपछि नेपाल फेरि दवावमा आयो । रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का हानेका थिए । भिम पनि ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल मल्ल र कमल सिंह ऐरीले पनि खास केही गर्न सकेनन् । उनीहरु क्रमस १ र दुई रन बनाएर पेभेलियन फर्किए । तर, १० नम्बरमा आएका प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई उकासे । उनले २३ बलमा ४ छक्का र २ चौका सहित ४१ रन बनाए ।

ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस