बेंग्लोरलाई हराउँदै मुम्बई इण्डियन प्रिमियर लिगको तेस्रो स्थानमा

काठमाडौँ, ३ वैशाख । इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई हराउँदै बेंगलोर मुम्बई इन्डियन्स लिगको तेस्रो स्थानमा पुगेको छ ।

सोमबार राति भएको खेलमा बेंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो । बेंग्लोरले यो हारसँगै सातौँ हार ब्यहोरको छ । मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनाए ।

उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन् । यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । जवाफमा मुम्बइले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो । मुम्बइका क्विन डी ककले ४० तथा कप्तान रोहित शर्माले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

यो जितपछि बेंग्लोरको प्लेअफको यात्रा लगभग सकिएको छ भने मुम्बई आठ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate