बेंग्लोरलाई हराउँदै मुम्बई इण्डियन प्रिमियर लिगको तेस्रो स्थानमा

काठमाडौँ, ३ वैशाख । इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई हराउँदै बेंगलोर मुम्बई इन्डियन्स लिगको तेस्रो स्थानमा पुगेको छ ।

सोमबार राति भएको खेलमा बेंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो । बेंग्लोरले यो हारसँगै सातौँ हार ब्यहोरको छ । मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनाए ।

उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन् । यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । जवाफमा मुम्बइले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो । मुम्बइका क्विन डी ककले ४० तथा कप्तान रोहित शर्माले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

यो जितपछि बेंग्लोरको प्लेअफको यात्रा लगभग सकिएको छ भने मुम्बई आठ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर