यू–१९ विश्वकप छनोट : मलेसियालाई नेपालले सस्तैमा समेट्यो

काठमाडौँ, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोटको तेस्रो खेलमा नेपालले ९३ चुनौती पाएको छ ।

नेपालले टस जितेर पहिले बलिङ गरेपछि व्याटिङमा आएको मलेसिलायले घरेलु मैदानमा ३३ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो। मलेसियाका लागि सर्वाधिक रन इजाज डानिएलले ३७ रन बनाए ।

त्यस्तै मोहमम्द अमिरले १३ रन र हाकिम हरिसनको १० रन बाहेक अन्य कुनै व्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । मलेसियालाई सस्तैमा समेटन कुसल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएइसँग १ रनले पराजित भएको थियो । युएइसँगको हारसँगै नेपालको विश्वकप छनोटको संभावना कमजोर भएको छ । यद्यपि कुनै खेलमा युएइ पराजित भएको खण्डमा भने नेपालको संभावना खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर