हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

काठमाडौँ, २ वैशाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पाँचौ जीत हासिल गरेसँगै दोस्रो स्थानमा उक्लीएको छ ।

आइतबार राति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो । दिल्लीका लागि कागियो रावाडाले चार तथा किम पाउल र क्रिस मोरीसले तीन तीन विकेट लिए ।

जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह