लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

रसुवा, १ वैशाख । रसुवागढी भन्सार कार्यालयले वार्षीक लक्ष्य भन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५ ७६ मा ७ अर्ब ६२ लाख ६४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले नौ महिनामा ८ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

साउनदेखि चैत मसान्तसम्ममा ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको हो जुन लक्ष्यको १५ प्रतिशत बढी हो । चीनसँग जोडिएका अन्य नाका सञ्चालन नभएका कारण यो नाकामा आयात तथा निर्यात बढेको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार