इण्डियन प्रिमियर लिग : बेंग्लोरको पहिलो जित

काठमाडौँ, १ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलो जित निकालको छ ।

जारी प्रतियोगितामा लगातार ६ खेलमा पराजित भएको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ गुमाएर भेटाएको थियो । कोहलीले ६७ रन बनाउँदा, पार्थिक पटेल १९ रनमा आउट भएका थिए ।

डेभिलियर्स ५९ रनमा नट आउट रहँदा स्टुनिस पनि २८ रनमै नट आउट रहेका थिए । पञ्जाबका लागि क्रिस गेलले नट आउट ९९ रन बनाए पछि निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

९९ रनको पारि खेल्दा गेलले ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । मन्दीप सिंह १८ रनमा नट आउट रहँदा केएल राहुल पनि १८ रनमा आउट भए । यसैगरी बेंग्लोरका युजबेन्द्र चहलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate