इण्डियन प्रिमियर लिग : बेंग्लोरको पहिलो जित

काठमाडौँ, १ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलो जित निकालको छ ।

जारी प्रतियोगितामा लगातार ६ खेलमा पराजित भएको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ गुमाएर भेटाएको थियो । कोहलीले ६७ रन बनाउँदा, पार्थिक पटेल १९ रनमा आउट भएका थिए ।

डेभिलियर्स ५९ रनमा नट आउट रहँदा स्टुनिस पनि २८ रनमै नट आउट रहेका थिए । पञ्जाबका लागि क्रिस गेलले नट आउट ९९ रन बनाए पछि निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

९९ रनको पारि खेल्दा गेलले ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । मन्दीप सिंह १८ रनमा नट आउट रहँदा केएल राहुल पनि १८ रनमा आउट भए । यसैगरी बेंग्लोरका युजबेन्द्र चहलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर