काठमाडौँ, १ वैशाख । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्टहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा पाउल पोग्बाले दुबै गोल गरेका थिए । वेष्टहृयामका लागि भने फिलिपे एन्डरसनले गोल फर्काएका थिए ।
जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६४ अंक भएको छ । पराजित वेष्टहृयामको भने समान खेलबाट ४२ अंक छ ।





