एजेन्सी, ३० चैत । उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक रहेको बताइएको छ ।
उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।
उनीहरुबीच केही महिनामात्र अघि भियतनामको हनोइमा पछिल्लो अर्थात् दोस्रो चरणको बैठक भएको थियो । तर त्यस बैठकमा भने उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै निर्णय भने हुन सकेको थिएन ।
कुनै निर्णय अथवा सहमति नभएको भएता पनि वार्ता सकारात्मक भएको अमेरिका र उत्तर कोरियाले बताउँदै आएका छन् । यसैबीचमा आफू फेरि अर्को वार्ताका लागि पनि तयार रहेको धारणा समाचारमा जनाइएको छ ।






