इण्डियन प्रिमियर लिग : चेन्नईको छैटौँ जित, राजस्थान पराजित

काठमाडौँ, २९ चैत । इण्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित छैटौं जित हासिल गरेको छ ।

१५२ रनको लक्ष्य पछ्याएको चेन्नईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि विकेट गुमाएको थियो । बेन स्टोक्सको बलिङमा रविन्द्र जडेजा र मार्क सान्टनरले छक्का प्रहार गरेर जित दिलाए । अन्तिम बलमा ३ रन आवश्यक रहेकोमा सान्टनरले छक्का प्रहार गरेका थिए ।

सेन वाट्सन, फाप डू प्लेसिस, सुरेश रैना र केदार जादव गरी चार सुरुआती ब्याट्सम्यान सस्तैमा आउट हुँदा चेन्नईले २४ रनमात्र बनाएको थियो । कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडूले पाँचौं विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि जितको आधार बनेको थियो । अन्तिम दुई ओभरमा क्रमसः रायडू ५७ र कप्तान धोनी ५८ रनमा आउट भए । रायडूले ४७ बलमा २ चौका र ३ छक्का तथा धोनीले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि जयपुरस्थित सवाइ मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि बेन स्टोकले २८ रन बनाए भने जोस बटलरले २३ रन थपे । अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् । श्रीयास गोपाल र जोफ्रा आर्चरले क्रमसः १९ र १३ अविजित रन बनाएपछि राजस्थानले १५० को स्कोर पार गरेको हो । बलिङमा चेन्नेइका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दीपक चाहरले दुई दुई विकेट लिए ।

जितसँगै चेन्नाइले लिगको अंकतालिकामा शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । चेन्नईको ७ खेलमा १२ अंक छ भने दोस्रो स्थानेको कोलकाता नाइट राइडर्सको ६ खेलमा ८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह