एजेन्सी, २८ चैत । युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियनबाट बहिर्गमनका लागि ६ महिना समय थप गर्न सहमत भएका छन् ।
ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर राति बसेको बैठकले बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताइन् ।
उनले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु रहेको स्पष्ट पारिन् । उनले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदन हाउस अफ कमन्सलाई बिहीबार जानकारी गराउनेछिन् ।
ब्रेक्जीटका बारेमा प्रधानमन्त्री मेले गत नोभेम्बरमा गरिएको सहमतिलाई बेलायती संसदले अस्वीकृत गरेको थियो ।






