आईपीएल : मुम्बईले पन्जाबलाई ३ विकेटले हरायो

काठमाडौँ, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा भेटायो ।

मुम्बईको जितमा किरोन पोलार्डले ३१ बलमा ८३ रन योगदान गरे । यसअघि पन्जाबका लोकेश राहुलले शतकीय पारी खेलेका थिए । उनले ६४ बलमा ६ चौका र ६ छक्काको मद्दतमा अविजित १०० रन बनाएका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो । राहुलले १२।५ ओभरमा ११६ रनको साझेदारी गरे ।

डेभिड मिलर ७, करुण नायक ५ र सेम कुर्रन ८ रनमा आउट भए । तर, म्याचको अन्तिम तिर राहुलले पन्जाबको स्कोर २० ओभरमा १९७ रनसम्म पुगाए । राहुलसँगै मन्दिप सिंह ७ रनमा अविजित रहे ।

मुम्बईको तर्फबाट हार्दिक पाण्ड्याले दुई विकेट लिए । यद्यपि उनी महंगा बलर बने । उनले ४ ओभरमा ५७ रन दिए । उनका अलावा जेसन र जसप्रतले पनि एक-एक विकेट लिए ।

यो जितसँगै मुम्बई ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ७ खेलबाट ८ अंक जोडेको पन्जाब तालिकाको चौथो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर