कोलकतामाथि चेन्नईको शानदार जित

एजेन्सी, २७ चैत । इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा कोलकतामाथि चेन्नईले शानदार जित हासिल गरेको छ ।

मंगलबार राती भएको भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ ।

कोलकताले दिएको १ सय ९ रनको झीनो लक्ष्य चेन्नईले १७।२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित बनाएको हो । कोलकत्तालाई  दीपक चाहरले २० रन दिएर तीन विकेट लिए ।

चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे । ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए ।

चेन्नईका बलर दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान