‘स्रष्टा चैत्र ३०’ सम्मान दाहाल र सुवेदीलाई

काठमाडौँ, २५ चैत । लोकतान्त्रिक आन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टाद्वय पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदीलाई प्रदान गर्ने भएको छ ।

लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेबापत उहाँहरूलाई सो सम्मान दिइने भएको संस्थाका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिनुभयो । न्यौपानको संयोजकत्वमा रत्नमणि नेपाल र प्रकाश सिलवाल रहेको छनोट समितिले सो सम्मान सिफारिश गरेको हो । दाहाल उपन्यासकार, कवि एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष हुनुहुन्छ भने सुवेदी कवि, अनुवादक र समीक्षक हुनुहुन्छ ।

विसं २०६३ देखि दिन थालिएको सो सम्मान हरेक वर्ष चैत ३० गते प्रदान गरिन्छ । लोकतान्त्रिक आन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते पुरानो वानेश्वरको गुरुकुल (आरोहण)बाट स्रष्टाहरूले निकालेको जुलुसमा तत्कालीन सरकारले निर्मम दमन गरेको त्यस दिनलाई स्रष्टाहरूले कालो दिनका रूपमा स्मरण गरिँदै आएको छ ।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा. तुल्सी भट्टराई, निनु चापागार्इं, किरण मानन्धर, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा. अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैयाँ, किसान प्रेमी, अशेष मल्ल, बिमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा. दुवसु क्षेत्रीलगायत सम्मानित भइसक्नुभएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई