विनायक शिक्षा निकेतनकोे ३० औं वार्षिकोत्सव : आश्रय र जलजलाई विशिष्ट प्रतिभा सम्मान

भक्तपुर, २५ चैत । ‘शिक्षाको अवसरबाट कोही पनि बालबालिकाले वञ्चित हुनु नपरोस्’ भन्ने उद्गारलाई आत्मसात गर्दै २०४५ सालमा शैक्षिक जगतको संवाहक बनी उदाएको विनायक शिक्षा निकेतन इंगलिस सेकेण्डरी स्कुलले यही २३ गते ३० औं वार्षिकोत्सव मनायो ।

कार्यक्रमको पहिलो चरणका प्रमुख अतिथि ३ नं प्रदेशका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठले विनायक स्कूलले स्थापनाकालदेखि नै शैक्षिक सफलता चुम्दै अतिरिक्त क्रियाकलापको क्षेत्रमा योगदान दिई विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संस्कृति तथा शिक्षाविद गणेशराम लाछीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मी, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेश आचार्य, अभिभावकद्धय अभयन्द्र रन्जित र मानसिंह ठकुरी तथा विद्यालयकी संस्थापक रत्नकेशरी लाछीले बोल्नुभएको थियो ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयलाई ३० वर्षदेखि निरन्तर माया–ममता, सल्लाह–सुझाव, हौसला–प्रेरणा दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्नुभयो ।

विद्यार्थीहरूको प्रतिभा प्रष्फुटन गर्न पहिलो चरणको कार्यक्रममा “द लिजेण्ड अफ विनायक” कार्यक्रमको गरिएको थियो । जसमा रूजल धौवञ्जारले उत्कृष्ट गायन पस्कर्दै विजेता बन्न सफल भएका थिए भने दोस्रो चरणको कार्यक्रम नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीहरूवीच परम्परागत भेषभुषा प्रदर्शन प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा ससाना बालबालिकाहरूले आफ्ना– आफ्ना संस्कृति र परम्परा अनुसारका भेषभुषा प्रर्दशन गरेका थिए । कक्षा नर्सरीदेखि ११ सम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शित उक्त कार्यक्रममा विभिन्न पदक विजेता विद्यार्थी जलज प्रजापति र गीत संगीतका क्षेत्रका उदीयमान विद्यार्थी आश्रय रन्जितलाई विशिष्ट प्रतिभा सम्मान–२०७५ बाट सम्मानित गरिएको थियो ।

त्यसैगरि लगातार २० वर्षभन्दा बढी समयसम्म विद्यालयमा कार्यरत शिक्षक शिवहरि प्रजापति र शिक्षिका इन्द्रलक्ष्मी श्रेष्ठलाई नगद पुरस्कार रू.२५ हजार एकरुपैयाँ तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्तै शिक्षिका मञ्जु श्रेष्ठलाई वर्ष शिक्षक २०७५ बाट सम्मान गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएकी प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सम्मानित शिक्षक–शिक्षिका तथा विद्यार्थीलाई बधाई ज्ञापन गर्दै समय–युग सुहाउँदो शिक्षा र शिक्षण विधिलाई आत्मसात गर्दै र आफूलार्ई अपडेट गर्दै लैजान सकेमा सार्थक शिक्षा प्रदान गर्न सकिने भन्ने कुरामा जोड दिदैं विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै अभिभावकको माग र आकांक्षा अनुसारको गुणस्तरीय शिक्षा विद्यालयले प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस