नीजि विद्यालयको युग समाप्त गर्नै पर्छ

शिक्षाको चरम निर्मम व्यापार रोक्नै पर्छ । केही समय पहिले शिक्षाविद डा. मन प्रसाद वाग्लेले नीजि विद्यालय बन्द गर्नु पर्ने दश कारणहरु उल्लेख गर्दा देश नै तरंगित भयो । खासमा समयको वा शिक्षाको नैसर्गिक अधिकारलाई सम्बोधन गर्नकालागि राज्य यही दिशातर्फ उन्मुख हुनै पर्थ्यो जसकालागि घच्घच्याउन आवश्यक थियो भलै सत्य तितो नै हुन्थ्यो र भयो पनि । अन्ततस् राज्य यहि दिशातर्फ उन्मुख छ, जुन अहिलेको अनिवार्य आवश्यकता हो ।

नीजि विद्यालयको युग समाप्त गर्नु पर्ने निम्न कारणहरु छन्,

१. शिक्षा पाउने ब्यक्तिको नैसर्गिक अधिकारको सम्मान गर्न,

२. नाफा उद्योगलाई सेवामा रुपान्तरण गर्न,

३. IELTS मा राम्रो अंक ल्याइ बिदेशको भिषामुखि शिक्षा बन्द गरि बौद्धिक प्रतिभालाइ देशको संभावनासँग साक्षात्कार गर्न,

४. संभावना बोकेका युबालाई बिदेश गई आफ्नो क्षमतालाइ पुर्णबिराम लगाउने र असाध्यै निम्न स्तरको कामहरु सस्तोमा गर्ने अवस्थाको अन्त्य गर्न,

५. नीजि विद्यालयले नाफाकालागि पुस्तकमा, स्टेशनरी, पोशाक, विभिन्न क्रियाकलापकालागि लाग्ने भन्दा दोब्बर रकम असुल गर्ने लगायत हरेक कुरामा गरिएको कार्टेलिङ र सिण्डिकेटले अभिभावकहरुलाई कंगाल बनाउने कुरालाइ निरुत्साहित गर्न,

६. बालबालिकामा हालै देखिएको निराशा, सकस जस्ता कारणहरुबाट बालबालिकामा बढीरहेको डिप्रेशन, आत्महत्या जस्ता समस्याहरुलाई अन्त्य गरि बालकका लागि शिक्षा न कि शिक्षाकालागि बालक कायम गर्न,

७. अक्षर चिन्नेले लट्ठी बजारेर पढाउने अवस्थाको अन्त्य गरि आधुनिक शिक्षण प्रबिधि जानेको पेशागत शिक्षकबाट शिक्षा पाउने अवस्थाको निर्माण गर्नका लागि,

८. होमवर्क आतंक सिर्जना गरि जबर्जस्ती अभिभावकबाट सिकाउने प्रथाको अन्त्य गर्न,

९. सरकारी संरचना वा जनताको करबाट ब्यबस्था भएको शिक्षाको लगानी सदुपयोगका लागि,

१०. शिक्षा मार्फत आर्थिक समृद्धि हासिल गर्नकालागि स्मरण रहोस् प्रजातन्त्रिक मुलुकका रुपमा चिनिएका अमेरिका बेलायत जस्ता मुलकमा समेत शिक्षालाइ यो रुपमा व्यापार गरेको पाइदैन भने नेपालमा नीजि बिद्यालयको सन्दर्भ प्रजातन्त्रसँग जोड्नु केबल भ्रमको खेती गरि त्यसको लाभ उठाउनु मात्र हो ।

तसर्थ, अभिभावकलाई कंगाल बनाउने शिक्षा पद्दति निरुत्साहित गरि गुणस्तरीय शिक्षा विकासकालागि सामुदायिक विद्यालय स्थापना गर्ने अभियानलाइ सार्थक बनाऔं ।

 

जीवन ढुङ्गाना 
प्राध्यापनरत, सानोथिमी क्याम्पस, भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ५ जेठ । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश थापा रहेको

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो