अमेरिकामा गोली चल्यो, १को मृत्यु, ५ घाइते

एजेन्सी, २४ चैत । अमेरिकाको फिलाडेल्फिया सहरमा भएका गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए ।

उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हन्दा गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ । उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ

काठमाडौँ, ४ असाेज । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ । कार्यदलको बैठक आइतबार बिहान

काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।  आज