आईपीएल : सन्दीपको टिम दिल्ली र बैंग्लोरबीचको खेल हुँदै

काठमाडौँ, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ ।

दिउँसो सवा ४ बजे हुने खेलमा बैंग्लोर छैटौं खेलमा जितको खोजीमा हुनेछ । यसअघिका सबै खेलमा बैंग्लोर पराजित भएको छ । घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा बेंग्लोर छ । अहिलेसम्म बैंग्लोर अंकविहीन छ ।

यता, दिल्ली पनि बैंग्लोरलाई पराजित गर्दै लिगमा तेस्रो जितको खोजिमा हुनेछ । दिल्लीले खेलको पाँच खेलमध्ये दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजित भएको छ । दिल्ली अहिले लिगको छैटौं स्थानमा छ । बैंग्लोरलाई पराजित गरे दिल्ली लिगको दोस्रो स्थानसम्म उक्लिन सक्छ ।

लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ८ अंक छ । तर बाँकी चार टिम सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जाबको समान ६-६ अंक छ ।

दिल्लीको भने चार अंक छ । दिल्लीले बैंग्लोरलाई फराकिलो अन्तरले पराजित गरे लिगको दोस्रो स्थानमा उक्लिने छ भने कम अन्तरले पराजित गरेको खण्डमा पनि दिल्लीलाई तेस्रो स्थानसम्म पुग्ने मौका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको