काठमाडौँ, २३ चैत । ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेलेको थियो । दोस्रो हाफको छैटौं मिनेटमा असलत देवीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।
सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्याइन् । ५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्याइन् ।
यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।






