आईसीसी यू-१९ विश्वकप : नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ, २३ चैत । एसिया छनोट खेल खेल्न नेपाली यू–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गरेको छ ।

अप्रिल १० देखि मलेसियामा हुने प्रतियोगितामा सहभागी हुन १४ सदस्सीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव केशव कुमार बिष्ट र नेपाली सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले बिदाई गरेका हुन ।

एसिया छनोट अप्रिल १० देखि २० सम्म योजना हुने छ । छनोट खेलमा नेपाल सहित, युएई, कुवेत, मलेसिया, सिंगापुर र ओमनले प्रतिस्पर्धा गर्ने छ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय