काठमाडौँ, २३ चैत । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग भिड्दै छन् ।
म्यानमारको मण्दला थिरी स्टेडियममा आज हुने खेल नेपाली समयानुसार साँझ सवा ५ बजे हुनेछ । पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरण खेलेको नेपालले आजको खेल जिते तेस्रो चरणमा प्रवेश गर्नेछ ।
नेपाल भारतमाथि जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा भारतले ईण्डोनेसियालाई २–० ले पराजित गरेको थियो । तर नेपाल भने आयोजक टोली म्यानमारसँग टोलीसँग ३-१ले पराजित भएको थियो ।





