बेंगलोरको लगातार पाँचौ हार

काठमाडौँ, २३ चैत । कोलकता नाइट राइडर्सबाट वेस्ट इन्डिजसँग इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार पाँचौ हार व्यहोरेको छ ।

शुक्रबार राती बेंगलोरको घरेलु मैदान चिन्नावास्मीमा सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले २ सय ६ रनको विशाल लक्ष्य पछ्याउदै बेंगलोरलाई ५ विकेटले हराएको हो । कोलकताले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो ।

रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ४८ रनमा अविजित रहे । रसेलले १८ औं ओभरमा ३ छक्का प्रहार गर्दै २३ र १९ औं ओभरमा टिम साउदीलाई ४ छक्का र १ चौका प्रहार गर्दै २९ रन बटुलेपछि कोलकताले सहज जित हात पारेको हो । कोलकताका लागि कुलदिप यादव, सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए ।

क्रिस लिनने ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, सुनिल नरायण १०, रोविन उथप्पा ३३ र नितेश राना ३७ रनमा आउट भए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट भए । बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । बेंगलोरलाई विशाल लक्ष्य बनाउन ओपनर विराट कोहलीले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरी ८४ रनको महत्वपूर्ण इनिङ्स खेले ।

दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । १८ ओभरको पहिलो बलमा कुलदीप यादवले कोहलीलाई आफैं क्याच लिदै साझेदारी तोडे । आक्रमक रुपमा रन जोडेका डी भिलियर्सले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा र १९ औं ओभरको पाँचौ बलमा सुनिल नारायणको बलि‌‌गमा सुबमन गिलबाटले क्याच गर्दै आउट गरे ।

ओपनर कोहलीले पहिलो विकेटका लागि पार्थिव पटेलसँग ७.५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । कृष्णलाई स्टोइनिसले अन्तिम ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै फिनिस गर्दै १८ रन जोडेपछि बेंगलोरले २ सय रन कटाउन सफल भएको थियो ।

यस अघि बेंगलोरले चेन्नई, मुम्बई, हैरावाद र राजस्थानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय