सिरहा, २२ चैत । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् ।
विज्ञान विषयको परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन ।
स्थगित भएर आजबाट सुरु भएको एसईई परीक्षामा अनुगमनमा पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।





