प्रथम मिस्टर मध्यपुर मेयर कप २०७५ हुने

भक्तपुर, २१ चैत । नारायण थापा । प्रथम मिस्टर मेयर कप २०७५ चैत्र २३ गते देखि शुरु हुने भएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल नारालाई आत्मसाथ गरी मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिले आयोजना गर्न लागेको मध्यपुर व्यापी प्रथम मिस्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता मध्यपुर थिमीको यचु पार्टी भेन्यूमा हुने शारीरिक सुगठन तथा फिट्नेस समितिका अध्यक्ष अशोक धजुले जानकारी दिनुभयो ।

कार्यक्रमका संयोजक सन्जय श्रेष्ठले प्रतियोगितामा जम्मा ४ वटा वजन समुह अन्र्तगत खेल खेलाइने जानकारी दिदै ५५,६०, तथा ६५ के.जी भन्दा माथिको तौल समुह विच प्रतिस्पर्धा हुने बताउनुभयो । प्रत्येक तौल समुहबाट प्रि जजिङ्ग बाट ५ जना खेलाडीलाई फाइनल राउन्डको लागि छनौट गराईएका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने छ । खेलमा प्रथम, द्धितिय तथा तृतिय हुने खेलाडीहरुलाई क्रकश स्वर्ण, रजत तथा काष्य पदक एवं प्रमाण पत्र र चौथो र पाँचौ हुने खेलाडीहरुलाई ट्रफी तथा प्रमाण पत्रले सम्मान गरिने कुरा आयोजकले जानकारी दिएको छ ।

यस प्रतियोगितामा प्रत्येक तौल समूहको समूहगत बिजेता बिच ओवरअल प्रतिस्पर्धा गराई प्रथम हुने खेलाडीलाई फस्ट मध्यपुर मेयर कप को उपाधी, ट्रफी तथा ब्यानेट प्रदान गरिने छ । त्यस्तै ओवरअल प्रतिस्पर्धामा प्रथम, द्धितिय, तृतिय तथा चौंथो हुने खेलाडीलाई क्रमश नगद रु. २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैंया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय