चेन्नाईको पहिलो हार

काठमाडौँ, २१ चैत । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पहिलो हार ब्यहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा १७१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाउँदा क्रुनाल पाण्ड्याले ४२ रन बनाए । हार्दिक पाण्ड्याले ८ बलमा अविजित २५ रन बनाउँदा कैरोन पोलार्डले ७ बलमा १७ रन बनाएर नटआउट रहे ।

चेन्नाईका लागि केदार जाधवले ५८ रन बनाए । बलिङतर्फ लासिथ मालिंगा र हार्दिक पाण्ड्याले समान ३-३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको