चेन्नाईको पहिलो हार

काठमाडौँ, २१ चैत । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पहिलो हार ब्यहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा १७१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाउँदा क्रुनाल पाण्ड्याले ४२ रन बनाए । हार्दिक पाण्ड्याले ८ बलमा अविजित २५ रन बनाउँदा कैरोन पोलार्डले ७ बलमा १७ रन बनाएर नटआउट रहे ।

चेन्नाईका लागि केदार जाधवले ५८ रन बनाए । बलिङतर्फ लासिथ मालिंगा र हार्दिक पाण्ड्याले समान ३-३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय