ट्रिटनमा बेलायती प्रशिक्षकको शिक्षण योजना

काठमाडौँ, २० चैत । नेपाल भ्रमणमा आएका संयुक्त अधिराज्य बेलायतका वरिष्ठ शिक्षक प्रशिक्षकद्वय बिल म्याकक्रेडी र निकी बलले सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुलाई आधुनिक शिक्षण पद्धतिबारे एकदिने प्रशिक्षण दिएका छन् ।

भोलुन्टर सोसाइटी नेपालमार्फत केही दिनको लागि नेपाल भ्रमणमा आएका प्रशिक्षकद्वय बिल र निकीले कक्षामा शिक्षण योजना अनुसारको शिक्षण विधिका साथै पढाई संगसंगै विद्यार्थीहरुलाई कक्षामा खेलाइने बौद्धिक खेलको आवश्यकता र महत्वबारे प्रशिक्षण दिएका थिए ।

ट्रिटन स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले प्रशिक्षकद्वयलाई विद्यालयको तर्फबाट धन्यवादको साथै खादा र उपहार दिएर विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह