एजेन्सी, २० चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानसंग बेंगलोर पराजित भएको छ ।
मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको बेंगलोरले ४ विकेटमा १ सय ५८ मात्र बनाउन सक्यो । जवाफमा राजस्थानले ३ विकेटमा सजिलै १ सय ६४ रन जोड्यो । त्यस्तै श्रेयसले १२ रनमा तीन विकेट लिएको हो ।





