अल्जेरियाका राष्ट्रपति अब्देलअजीजद्वारा राजीनामा

एजेन्सी, २० चैत । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले पदबाट राजीनामा दिएका छन् ।

उनीविरुद्ध देशव्यापी विरोध पदर्शन हुँदै आएको थियो । ८२ वर्षीय राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शनमा उत्रिएकाहरुले भने अब्देलअजीज आफ्नो कार्यकाल अझै बढाउने खेलमा लागेको आरोप लगाउँदै राजीनामा मागेका थिए ।

सैनिक प्रमुख लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले पनि राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति अब्देलअजीज, अल्जेरियाको स्वतन्त्रता सेनानी हुन् । आठ वर्ष अगाडि अरब क्षेत्रमा भएको क्रान्तिको क्रममा अब्देलअजीज आफ्नो सत्ता जोगाउन सफल भएका थिए ।

यद्यपि अब्देलअजीजले भने पाँचौं कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका थिए । उनलाई सन् २०१३ मा हृदयाघात भएको थियो । हाल उनी मुश्किलले हिँडडुल गर्न र बोल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७