महिला फुटबल अन्तर्गत आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं, २० चैत । ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपाल आयोजक म्यानमारसँग भिड्दै छ ।

मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टिम

गोलकिपर : एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको