तेस्रो बृहत कृषि मेला प्रदर्शनी २०७५ : तीन दिन भब्य रुपमा मनाईने

भक्तपुर, १८ चैत । रामचन्द्र प्रजापती । जिल्ला कृषि सहकारी संघको आयोजनामा भक्तपुरमा ६२ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने भएको छ ।

जिल्ला कृषि सहकारी संघ लि भक्तपुरका अध्यक्ष सनिस लागेजुको सभापतित्वमा तेस्रो बृहत कृषि मेला प्रदर्शनी हुनेबारे भक्तपुरमा पत्रकार सम्मेलन सम्पन्न भएकोछ ।

पत्रकार सम्मेलनमा जिल्ला कृषि सहकारी संघ लि भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रवर्द्धन जिल्ला सहकारी सघ भक्तपुर, जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुर, जिल्ला दुग्ध सघ भक्तपुर र जिल्ला बहुउद्देश्यीय सहकारी सघ सहयोगमा चैत्र २०, २१ र २२ गते ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर सूर्यविनायक बाराही स्थानमा अजिमा पार्टी महलमा तेस्रो बृहत कृषि मेला प्रदर्शनी २०७५ हुने आज पत्रकार समेलनमा जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सनिस लागेजुले जानकारी गर्नुभएको छ ।

मेलामा भक्तपुरका विभिन्न सहकारीका ५५ वटा भन्दा बढी स्टल रहने छन्न । अध्ययन अवलोकन उत्प्रेरणाका माध्यमबाट कृषि क्षेत्रको प्रवर्द्धन गरिने मूल उदेश्य साथ आयोजित कार्यक्रममा करिव ५० हजार अवलोकन गरिने पत्रकार सम्मेलनमा जानकारी गरिएको छ । कृषि मेला पहिलो २०७१मा भएको दोस्रो २०७२ र तेस्रो यस वर्ष हुने जिल्ला कृषि सहकारी संघ भक्तपुरका सचिव प्रचण्ड प्रकाश नौला प्रधानले जानकारी गर्नु भयो । प्रदर्शनीमा आधुनिक कृषि औजार, च्याउका विभिन्न प्रकार परिकारको आकर्षण महत्त्वपूर्ण रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार