एजेंसी, १८ चैत । पेरुको राजधानी लिमामा बसमा आगलागी हुदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गएराती लामो बाटोमा चल्ने लिमाबाट चिक्लायोतर्फ गइरहेको बसमा अकस्मात आगोलागी हुदा २० जनाको मृत्यु भएको जनाएको छ ।
उक्त बसमा खचाखच यात्रु रहेका थिए । आगलागीको कारण भने हालसम्म पत्ता लाग्न नसकेको जनाएको छ । उक्त घटनाको अनुसन्धानरत भैरहेको प्रहरीले जानकारी दिएको छ । पेरुमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो ।





