‘मेगा रेमीट’ अब अष्ट्रेलियामा पनि

काठमाडौँ, १८ चैत । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ ।

मेगा बैंकले अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार