एजेन्सी, १७ चैत । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ ।
आक्रमणमा परि उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ । घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । विवादास्पद छवि भएका उपराष्ट्रपति राशिद आफना प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कारजस्ता अपराधमा संलग्न रहने गरेको आरोप समेत लाग्ने गरेको छ ।




