बार्सिलोनाको सानदार जित : स्पानियोल स्तब्ध

काठमाडौँ, १७ चैत । लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । कप्तान मेस्सीले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको