आठौं राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

काठमाडौँ, १६ चैत । आठौं राष्टिय खेलकूद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

वैशाख ५ गतेदेखि प्रदेश ५ मा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेल तालिका आज सार्वजनिक गरेको हो ।प्रतियोगिताको औपचारिक उद्घाटन नेपालगञ्ज रङ्गशालामा आगामी बैशाख ५ गते र समापन वैशाख ११ गते गरिने राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार :

बाँकेमा १७ वटा खेल, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक/एक खेल आयोजना गरिनेछ ।

वैशाख ५ गते औपचारिक उद्घाटन खेल बाँके : पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेट

दाङमा : महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेट

रुपन्देही :  शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दो

बर्दिया : कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका

ललितपुर : स्क्वास

कास्की :  प्याराग्लाइडिङ

कपिलवस्तु : कुस्ती

काठमाडौँ : गल्फ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय