प्रधानमन्त्री रोजगार संयोजकको पहिलो चरणको छनोट सूची सार्वजनिक

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि लिइएका आवेदनबाट प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

२ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । तीमध्येबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

प्रदेश १ : ६६ जना शाखा अधिकृतका लागि १ हजार ३ सय ८७ जनाको आवेदन परेकोमा पहिलो चरणमा १ सय ९८ जना छनोटमा परेका छन् । यस्तै ५ जना नायब सुब्बाका लागि ८ सय ७२ जनाको आवेदन परेकोमा १५ जना छनोटमा परेका छन् ।

प्रदेश २ : ४५ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ४ सय २२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १ सय ३५ जना पहिलो चरणमा छनोट भएका छन् ।

प्रदेश ३ : ३१ जना शाखा अधिकृतका लागि १ हजार ६ सय २० जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट ९९ जनालाई छनोट गरिएको छ भने ३ जना नायब सुब्बाका लागि ५ जनाको आवेदन परेकोमा ९ जना छनोटमा परेका छन् ।

गण्डकी प्रदेश : १४ जना शाखा अधिकृत माग गरिएकोमा ४ सय ७८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४२ जना पहिलो चरणबाट छनोट भएका छन् । यस्तै एक जना नायब सुब्बाका लागि १ सय ५४ जनाले आवेदन दिएकोमा ३ जनालाई छनोट गरिएको छ ।

सुदूरपश्चिम प्रदेश : ५१ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ३ सय २ जनाको आवेदन परेको थियो । माग गरिएको सङ्ख्याको तीन गुणा हुने गरी अधिकृतका लागि १ सय ५३ जनाको सूची सार्वजनिक गरिएको छ । यस्तै एक जना नायब सुब्बाको पदका लागि २ सय ४२ जनाले आवेदन दिएकोमा ३ जना पहिलो चरणबाट छनोट भएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पर्नेहरुको चैत २३ गते कम्प्युटरबाट परीक्षा लिइने छ । परीक्षा काठमाण्डौमा हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पहिलो चरणको छनोट सूचीमा परेकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार