नेविसङ्घको तदर्थ समिति एक साताभित्र : नेता महत

चितवन, १५ चैत । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै नेता डा. महतले नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीमा तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा. महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्ने जानकारी गराउनुभयो ।

उहाँले लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उहाँले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले वर्तमान नेकपाको दुई तिहाईको सरकारले काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले काममा भन्दा कुरामा मात्र समय विताउने गरेको बताउँदै जनतामा निरासा छाएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै