लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’ : सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १५ चैत । देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाण्डौमा सुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ ।

लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको गृहमन्त्रालयले जनाएको छ । कार्यक्रमको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीनवटै सुरक्षा निकायको समन्वयमा सम्मेलनस्थलसहित पाहुनाको आवास क्षेत्र र आवतजावत गर्ने क्षेत्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

तीनै निकायका र ट्राफिक प्रहरीसहित झण्डै सात हजार सुरक्षाकर्मी सम्मेलनका लागि खटाइने जनाइएको छ । प्रहरीका अनुसार सम्मेलनस्थलमा सुरक्षा समन्वय कक्ष नै स्थापना गरिने छ ।

कार्यक्रम अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिने र भइहालेमा तत्कालै पक्राउ गर्न सक्ने गरी सादा पोशाक र मोबाइल गस्तीमा समेत सुरक्षाकर्मी खटिने छन् । उपत्यकाका तीनवटै जिल्लाको सुरक्षामा कडाइ गरिएको छ ।

सम्मेलनमा निजी क्षेत्र र सरकारका गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने तयारी सरकारको छ । सरकारले सम्मेलन कै क्रममा एक दर्जन बढी परियोजनामा हस्ताक्षर गर्ने योजना बनाएको छ । सम्मेलन सफल बनाउन निज क्षेत्रसमेत उत्साहित भएर लागेको छ । दुई दिने सम्मेलनमा ४० देशका ६०० बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न