बेंग्लोरको लगातार दोस्रो हार

काठमाडौँ, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्सले जित हात पारेको छ ।

एम चिन्नास्वामी क्रिकेट स्टेडियममा बिहीबार राति भएको खेलमा मुम्बईले कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले पराजित गर्दै मुम्बई इन्यिन्सको यो पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा पाँच विकेटको क्षतिमा १८१ रन मात्र बनाउन सक्यो । बेग्लोरका लागि एबी डी भिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७० रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन भने सकेन । उनले ४१ ब्लमा ६ छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यस्तै, कप्तान विराट कोहलीले ४६ रन बनाए । उनले ३२ बलको सामना गर्दै ६ चौका प्रहार गरे । पृथ्वी पटेलले ३१ रनको योगदान दिए । मुम्बईको जितमा जस्प्रित बुम्राहले तीन विकेट लिए । उनकै महत्वपूर्ण विकेटमा मुम्बईले रोमाञ्चक जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८, सुर्यकुमार यादवले ३८ रन बनाए । अन्तिम समयमा आएर मुम्बईको इनिङमा हार्दिक पाण्ड्याले उकासेका थिए । उनले १४ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३२ रन बनाएका थिए ।

बलिङतर्फ युजभेन्द्र चाहलले चार विकेट लिदा उमेश यादब र मोहम्मद सिराजले समान २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई