भ्रमको खेती गर्नेको दिन समाप्त, न्यायलयको बेतिथी र अराजकता अन्त्य गर्न प्रगतिशिल समूह : सांसद पहारी

पोखरा, १४ चैत । गण्डकी प्रदेशका सांसद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष तथा अधिवक्ता राजीव पहारीले न्यायलयको अराजकता तथा बेथितीको अन्त्य गर्दै विधि र कानुनको शासन स्थापना गर्न आगामी नेपाल बार एशोसिएसनको निर्वाचनमा चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको प्रगतिशिल पेशागत तथा समाबेशी कानुन ब्यबसायी समूहलाई भारि मतले निर्वाचित गराउनुपर्ने बताउनुभएको छ ।

नेपाल लयर्स एशोसिएसनले आज पोखरामा आयोजना गरेको एक वृहत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद पहारीले न्यायलयको क्षेत्रमा भएको बेतिथी अन्त्य गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन बारको निर्वाचनमा प्रगतिशिल समूहरुलाई विजयी बनाउनुको अर्को विकल्प नभएको बताउनुभयो ।

न्यायलयमा स्वच्छता, कानुन व्यवससायीको हक, हित तथा अधिकारलाई संरक्षित गराउन सक्ने प्रगतिशिल समूहको तर्फबाट योग्य, दक्ष तथा अनुभवि व्यवसायीहरु रहेको बताउँदै सांसद पहारीले आगामी चैत १६ गते सम्पन्न हुन गइरहेको बारको निर्वाचनमा भारि मतका साथ प्रगतिशिल समूहलाई विजयी गराउन सम्पूर्ण कानुन व्यवसायीहरुलाई अनुरोध तथा आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै अधिवक्ता तथा सांसद पहारीले वर्तमान नेकपाको दुई तिहाईको सरकारले गरेको कामदेखि केही राजनीतिक दल तथा विदेशीको इशारामा चल्ने व्यक्ति वा समूहको निद हराम भएको बताउँदै भ्रमको खेती गर्नेको विरुद्धमा आम नेपालीहरु एक जुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नको निम्ती बारको नेतृत्वमा दक्ष तथा क्षमतावान कानुन व्यवसायीहरुसको संगठन नै प्रगतिशिल समूह भएको बताउँदै उहाँले राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय अखण्डताको रक्षाको निम्ती प्रगतिशिल समूहलाई विजयी गराउन अर्जुनदृष्टि बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाको पार्टी एकिकरण पश्चात पहिलो पटक नेपाल इन्जिजियरिङ एशोसिएसनमा नेकपा निकट समूहले विजयी गरिसकेको जानकारी गराउँदै सांसद पहारीले बारको निर्वाचनमा पुनः नेकपाको एकिकरण पश्चातको दोस्रो विजयी संगठनको रुपमा प्रगतिशिल समूह हुने बताउनुभयो । उहाँले देशभरका कानुन व्यवसायीहरुको चाहना नै प्रगतिशिल समूहलाई विजयी गराउने भएको भन्दै प्रगतिशिल समूह विजयीउन्मुख भइसकेको र त्यसको नतिजा सार्वजनिक गर्न मात्र बाँकी रहेको समेत बताउनुभयो ।

नेपाल लयर्स एशोसिएसन कास्कीका अध्यक्ष जनकल्याण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, नेपाल लयर्स एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष वरिष्ठ अधिवक्ता हरि सुवेदी, अधिवक्ता गोविन्द पौडेल लगायतले बारको निर्वाचनमा प्रगतिशिल समूहलाई विजयी गराई न्यायलयको रक्षाको निम्ती सवै एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा