एजेन्सी, १४ चैत । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई ३ सेकेन्डमै जागिरबाट निकालेका छन् ।
स्थानिय मिडियाका अनुसार किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएर ३ सेकेन्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् ।
जागिरबाट निकालिएको फोटोग्राफरको नाम री हो । उनले लिइरहेका क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ । रीले गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए ।





