एजेन्सी, १४ चैत । ग्वाटेमालामा सडक दुर्घटना हुदा ३० जनाको मृत्यु हुनुका साथै १५ घाइते जना घाइते भएका छन् ।
बुधबार राती ग्वाटेमाला शहरको एक राजमार्गमा यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किदा दुर्घटना भएको उद्धारकर्मीहरुले जनाएको छ ।
दुर्घटानामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् । दुर्घटना पश्चिमी नहुआला शहरको प्रवेशद्धारमा भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ ।
उक्त दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






