काठमाडौं, १४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूले मन्त्रालय सम्हालेको एक वर्ष १२ दिनमा कर्मचारी समायोजनको काम सकेको बताएका छन ।
बिहीबार पत्रकार सम्मेलन गरी मन्त्री पण्डितले सरकार गठन भएको एक वर्षभित्रै समोजन गरिसक्ने लक्ष्य भए पनि अनलाइन फारम भर्दा कतिपय कर्मचारीले पूरा विवरण नभरेको र भरेको तथ्यांक पनि गलत पाइएकाले काम सक्न ढिलाइ भएको बताएका छन ।
उनले भने, ‘तीन तहैको संगठन संरचना तयार गरेर, कर्मचारीलाई अस्थायी रुपमा खटाएर, कामलाई सकेसम्म अवरोध हुन नदिइकन संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाइ कर्मचारी समायोजनको काम आज सम्पन्न भएको छ ।,’
कर्मचारी समायोजन महाशाखा प्रमुख केशर पण्डितका अनुसार संघमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् । निजामती कर्मचारीहरुको स्वीकृत दरबन्दी भने एक लाख ३७ हजार ६ एक लाख ३७ हजार ६ सय १४ छ ।






