आईपीएलमा कलकत्ताको लगातार दोस्रो जित

काठमाडौँ, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति इडेन गार्डन्समा भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।

कलकत्ताले दिएको २१९ रनको चुनौतीलाई सामना गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रन बनाए । त्यस्तै, डेभिड मिल्लरले अविजित ४३ रन बनाउँदा मन्दीप सिंहभने ३३ रनमा अविजित रहे । ब्याट्सम्यान क्रिस गेलले भने २० रन बनाए । बलिङतर्फ कलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको विशाल योगफल तयार पारेको थियो ।कलकत्ताका लागि रविन उथप्पाले विष्फोटक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नितिश रानाले ६३ रन बनाए । ३४ बलको सामना गरेका नितिशले सात छक्का र दुई चौका प्रहार गरे । त्यस्तै, कलकत्ताका लागि आन्द्रे रुसेलले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमै ४८ रन बनाए । उनले ५ छक्का र तीन चौका प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता