मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा चेक रिपब्लिक पराजित

काठमाडौँ, १३ चैत । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा रिपब्लिकका डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । रोबर्टो फिरमिनोले एक र ग्याब्रियल जेससले २ गोल गरेका थिए ।

४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । जेससले ८३ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरेपछि ब्राजिल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

 मैत्रीपूर्ण फुटबलमा जापान, कोरिया, नाइजेरिया, सेनेगल, अर्जेन्टिना लगाएतका देशहरु  पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको