मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा चेक रिपब्लिक पराजित

काठमाडौँ, १३ चैत । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा रिपब्लिकका डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । रोबर्टो फिरमिनोले एक र ग्याब्रियल जेससले २ गोल गरेका थिए ।

४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । जेससले ८३ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरेपछि ब्राजिल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

 मैत्रीपूर्ण फुटबलमा जापान, कोरिया, नाइजेरिया, सेनेगल, अर्जेन्टिना लगाएतका देशहरु  पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्