एजेन्सी, १२ चैत । टर्कीको एजियन तटीय क्षेत्रमा डुङ्गा पल्टिदा एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ ।
सुरक्षाबलद्वारा जारी विज्ञप्ति अनुसार टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा सवार रहेका १५ जना व्यक्ति डुङ्गा दुर्घटनामा परेको र ११ व्यक्तिलाई उद्धार गरेको जनाइएको छ ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार मारिएका ती व्यक्तिहरु इरानी र अफगानी भएको जानकारी पनि दिइएको छ । आप्रवासीहरु गैरकानूनी रुपमा प्रवेश गर्ने प्रमुख मार्ग टर्की भएर युरोपतर्फ लाग्ने गरेका छन् ।





