व्याकुल माइलालाई २५ हजार राशीको ‘दर्शना स्रस्टा सम्मान’ दिने घोषणा

काठमाडौँ, १२ चैत । राष्ट्रगानका रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई दर्शना स्कूल गोठाटारले विद्यालयकै इतिहासमा पहिलोपल्ट २५ हजार ५५५ नगद राशीसहितको ‘दर्शना स्रष्टा सम्मान—२०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।

व्याकुल माइलाले लेख्नुभएको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ ले हिमाल, तराई र पहाडका सबै नेपालीलाई एकैठाउँमा गोलवद्ध गरि राष्ट्रगानको माद्यमबाट नेपाल राष्ट्रलाई एकढिक्का बनाउन विशेष योगदान गर्नुभएको भन्दै व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रिन्सिपल विनोद मगरले बताउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित दर्शना स्कुलको नयाँ व्यवस्थापन समितिले व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने घोषणा गरेको विद्यालयका प्रिन्सिपल मगरले बताउनुभयो ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसयरमा यही चैत २४ गते व्याकुल माइलालाई सो सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम