सलमानको फिल्मले दुई वटा फिल्मलाई टक्कर

काठमाडौँ, ११ चैत । बलिउड अभिनेता सलमान खानको फिल्मले रणबिर कपूरको  २ फिल्मलाई क्कर दिने भएका छन् ।

सलमान खान फिल्म ‘दबंग ३’ को उनको जन्मदिन २७ डिसेम्बरको वरपर पर्दशन गरिने चर्चा रहेको छ । अभिनेता रणबिर कपूरको फिल्म ‘ब्रम्हास्त्र’ पनि क्रिसमसमा रिलिज हुनेछ ।

यस फिल्ममा रणबिर कपूरका साथै अभिनेता अमिताभ बच्चन, आलिया भट्टलगायतको मुख्य भूमिका रहेको छ । सलमान खान रणबिरको आउँदाे वर्ष रिलिजहुने फिल्मलाई समेत टक्कर दिने सोचमा छन् ।

अर्को वर्षको ईदमा सलमान खान र सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ रिलिज हुनेछ । रणबिर कपूरको फिल्म ‘शमशेरा’ पनि रिलिज हुने चर्चा रहेको छ । यदि यी दुवै फिल्मको रिलिज डेट परिवर्तन गरिएन भने सलमान र रणबिरबीच दोस्रो पटक टक्कर हुने भएको छ ।

 सलमान खानको फिल्म ‘इन्शाअल्लाह’ मा रणबिर कपूरकी प्रेमिका आलिया भट्ट मुख्य अभिनेत्री रहनेछिन् । साथै रणबिर कपूरको यस वर्ष रिलिज हुने फिल्म ‘ब्रम्हास्त्र’ मा आलिया भट्ट नै मुख्य अभिनेत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,